घटेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक
काठमाडाैं | चैत ५, २०७९
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेर ३६२.२६ विन्दुमा झरेको छ। यसदिन २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भयो। ३० हजार ७७५ पटक कारोबार भयो।
ओरालो लागेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। मनुषी लघुवित्त वित्तीय,युनिक नेपाल लघुवित्त वित्तीय र शुभम पावरको मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६ करोड १० लाख मूल्य बराबरको शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एसियाका ४ करोड ८४ लाख बढि मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ५ को मूल्य बढ्दा ८ उपसमूहका लगानीकर्ताले गुमाए।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

